काठमाडौ,८ कार्तिक ।
होटल व्यवसायी संघ काठमाडौंको छैठौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न सम्पन्न भएको छ ।

संघका अध्यक्ष शैलेश कुमार कार्कीकाे सभापतित्व र बागमति प्रदेशका सभामुख भुवन कुमार पाठककाे प्रमुख आतिथ्यतामा
सम्पन्न कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका महासचिव शंकर भण्डारी,होटल तथा पर्यटन व्यवसायी संघ बागमति प्रदेशका अध्यक्ष दामोदर नेपाल,लोकतान्त्रिक होटल व्यवसायी संघ नेपालका अध्यक्ष लिला प्रसाद ढकाल,नेपाल राष्ट्रिय होटल व्यवसायी संघ अध्यक्ष पदम लिम्बु,सामुदायिक सेवा केन्द्र गंगबुका बरिष्ठ उपाध्यक्ष दिपक बानिया,समाज उत्थान महिना मञ्च अध्यक्ष जानुका नेपाललगायतले व्यवसाय मर्यादित र व्यवस्थित गर्न र ग्राहकलाई ठगि नगर्न आग्रह गर्दै कोहि भाईरल हुने बहानामा व्यवसायी माथी आतङ्क मच्याउन नहुनेमा जाेड दिए ।

साे अवसरमा सराेकारवालाहरूले सेवामूलक क्षेत्रमा भ्याटको दर कम गर्नुपर्ने, प्यानमा रहेर गर्न पाउने कारोबारको सिमा बृद्वि गर्नुपर्ने, होटल व्यवसायमा सेवाको मूल्य लिईने हुँदा एमआरपि जस्ता आतङ्कहरू बन्द गर्न सरकारसँग आग्रह गरेका थिए ।

दुईवटा छिमेकी राष्ट्रमा विश्वको आधा जनसङ्ख्या रहेको र हामिसँग प्रसस्त पर्यटकिय,धार्मिक स्थलहरू रहेकोले ती ठाउँहरूकाे उचित प्रचार प्रसार गरेर पर्यटन क्षेत्रमा राम्रो गर्न सकिने भन्दै उनिहरूले होटल व्यवसायीहरू सोहि अनुसार लाग्नुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रमका अध्यक्ष शैलेश कार्किले आफ्नो कार्यकाललाई उत्कृष्ठ बनाउन सहयोग गर्ने सम्पूर्ण कार्यसमिती, ईकाई अध्यक्ष तथा ईकाई परिवार, प्रदेश र महासंघलाई हार्दिक धन्यवाद व्यक्त गर्दै संघको संस्थापक अध्यक्ष पनि भएको र संघले छैठौ बार्षिक साधारणसभा सफलता पूर्वक सम्पन्न गरेकोमा खुसि व्यक्त गरे ।

संघका बरिष्ठ उपाध्यक्ष सुरेश बरालकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम महासचिव बिष्णु प्रसाद घिमिरेकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबीच अधिवेशनले सुरेश बरालको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमि निर्वाचित गरेको छ ।

काठमाडौंमा रहेका सातवटै ईकाई अध्यक्ष, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका सल्लाहकार, प्रदेश अध्यक्ष , महासंघका महासचिव र अन्य बरिष्ठ व्यवसायीहरूको बिशेष तदरूकतामा कार्यसमिती छनोट सर्वसम्मत चयन गरिएको संघले जनाएको छ ।

नवनिर्वाचित कार्यसमितीकाे बरिष्ठ उपाध्यक्षमा भविश्वर दुबे,
उपाध्यक्षहरूमा जितेन्द्र गिरी,मनोहरी कंडेल,बिष्णु प्रसाद घिमिरे,महेन्द्र राई,कुमार श्रेष्ठ,बिष्णु प्रसाद उपाध्याय,
महासचिवमा शैलेन्द्र विक्रम थापा,उप-महासचिवमा शिवलाल गिरी,सचिवमा लाल बहादुर बानिया (अनिश), देवकी भण्डारी,हरि प्रसाद अर्याल र जयलाल श्रेष्ठ,कोषाध्यक्षमा शालिकराम थापा,सह कोषाध्यक्षमा लेखनाख खराल रहेका छन् ।
त्यस्तैगरी सदस्यहरूमा नुमाकान्त पाठक, कप्तान अधिकारी,नविन अधिकारी,सन्तोष पौडेल,खेमराज उप्रेति,माधव प्रसाद गौतम, शेर बहादुर बिष्ट,शारदा खड्का,दिल बहादुर क्षेत्री,तिलक श्रीपाली,ललित बहादुर श्रेष्ठ,रेनुका यस्को लिम्बु,सुजता तामाङ्ग र अप्सरा थापा चयन भएका छन् ।