काठमाडौं,४ कार्तिक ।
सरकारले सातै प्रदेशमा उपचार खर्च व्यहोर्न नसक्ने जलनका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ ।

यही कार्तिक २ गते बसेको मन्त्रिपरिषद बैठकले कोशीमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेशमा वीरगञ्जस्थित नारायणी अस्पताल, बागमतीमा कीर्तिपुर अस्पताल र गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलनको निशुल्क उपचार गर्ने निर्णय गरेको हो ।

त्यस्तै लुम्बिनीमा नेपालगञ्जस्थित भेरी अस्पताल, कर्णालीमा कर्णाली अस्पताल र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पतालमा उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई कस्मेटिकबाहेकको जलनकाे निःशुल्क उपचार गर्ने निर्णय भएको आइतबार सार्वजनिक मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ ।