काठमाण्डौ,३ कार्तिक ।
असोज महिनामा मात्रै श्रम स्वीकृति लिएर ५३ हजार ५ सय २५ जना विदेशिएका छन् ।

नेपालीहरूकाे मुख्य पर्व दशैँ परेको महिना असोजमा पनि
वैदेशिक रोजगारीका लागि ५३ हजार ५ सय २५ जना विदेशिएका हुन् ।

वैदेशिक रोजगार विभागकाअनुसार अघिल्लो महिना असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना विदेशिएका छन् ।

असोजमा १७ हजार सात सय २४ जना नेपाली यूएई, १० हजार चार सय ६८ जना साउदी, नौ हजार सात सय ९८ जना कतार, तीन हजार आठ सय सात जना कुबेत र एक हजार तीन सय १४ जना मलेसिया गएकाे विभागले जनाएको छ ।

यसैगरी असोजमा युरोपेली देशहरु रोमानिया क्रोएशिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको सङ्ख्यामा पनि उल्लेख्य छ । गएको भदौमा ५७ हजार चार सय ९३ जना नेपाली रोजगारीका लागि विदेशिएका थिए ।