चितवन,३ कार्तिक ।
चितवनको टाँडी स्थित प्रहरी हिरासतमा रहेका एक थुनुवाकाे मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको हिरासतमा रहेका ४५ वर्षिय भारतीय नागरिक महमद क्यामोदिन आज बिहान पौने ५ बजे शौचालयमै मृत अवस्थामा फेला परेका हुन् ।

उनलाई तत्काल उद्धार गरि भरतपुर अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । आपराधिक लाभ कसुरको मुद्दामा थुनामा रहेका उनीविरुद्ध कात्तिक १ गते मात्रै पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको थियो ।

घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।