काठमाण्डौ,३० असाेज ।
आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । । साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक, दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

: