काठमाडौं,२९ असाेज ।
बडादसैँका अवसरमा सरकारले दिएको बिदा सकिएसँगै आजदेखि सबै सरकारी कार्यालयहरु खुलेका छन् । सरकारले दशैंको अवसरमा असोज २४ गते देखि २८ गतेसम्म बिदा दिएको थियो ।
आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किनेक्रम बढेकाे छ । बडादशैं भने पूर्णिमाका दिन मात्रै समापन हुनेछ । यस्तै आज पनि टीका लगाउने क्रम जारी रहेको छ । टाढा रहेका आफन्तहरुसँग पूर्णिमाकाे दिनसम्म टीका लगाउने प्रचलन रहेको छ ।






