काठमाडौं,२६ असाेज ।
यो वर्षको मनसुन आजदेखि पूर्णरूपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन शुरु गरेको मनसुन शनिबार पूर्णरूपमा बाहिरिएको भएको हो ।

विभागले शनिबार सूचना जारी गरी बाँकी रहेका बागमती, मधेश प्रदेश र कोशी प्रदेशबाट पनि आज बाहिरिएसँगै मनसुन देशबाटै बाहिरिएको जानकारी दिएको हो ।

यसअघि असोज २० गते सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा असोज २२ गते कर्णली, लुम्बिनी, गण्डकी र काठमाडौँ उपत्यकाबाट पूर्ण रूपमा र बागमती र मधेश प्रदेशमा आंशिकरूपमा मनसुन बाहिरिएको थियो ।

शनिबार मधेश र बागमतीका बाँकी भाग र कोशीबाट समेत मनसुन बाहिरिएको हो । यसपालि मनसुन ढिला गरी जेठ २८ मा भित्रिएको थियो । चार दिन ढिलो गरी बाहिरिन शुरु भएकामा छ दिनपछि पूर्णरूपमा बाहिरिएको विभागले जनाएको छ ।