काठमाडौँ,२२ असाेज ।
मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अक्टोबर ११ देखि १३ सम्म जर्मनीको फ्र्यांकफर्टमा प्रतियोगिता हुदैछ ।
प्रतियोगितामा इजिकेल परियार र नीराजन मोक्तानले प्रतिस्पर्धा गर्ने छन् । इजिकेलले किक बक्सिङको ७०–७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
नीराजनले किक बक्सिङको ६० केजीमुनि तथा उमा कुङ्फुको ट्रेडिसनल फम्समा सहभागिता जनाउने छन् । इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन (आईसीओ) जर्मनीको आयोजनामा हुने प्रतियोगितामा भाग लिन उनीहरू मंगलबार जर्मनी गएका छन् ।
टोलीलाई आदिवासी खेलकुद संघ नेपालका अध्यक्ष तथा नेपाल उमा कुङफु संघका महासचिव भूपेन्द्र गुरुङले मंगलबार बिदाइ गरे । तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका गुरुङले दुवै खेलाडीबाट पदकको आस गरिएको बताए ।





