काठमाडौं,२२ असाेज ।
आज दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा माैसम आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा बिहानैबाट हल्का वर्षा भइरहेको छ भने देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।
विभागका अनुसार कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव छ ।
देशको पूर्वी र मध्य भागमा भारतको बिहार तथा आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।









