शंकर कोइराला

आज अक्टोबरको पहिलो सोमबार,”लोकतन्त्र र आवास अधिकारको सुदृढीकरणमा बहाल संस्थाहरूको महत्त्वपूर्ण भूमिका” नामक अन्तर्राष्ट्रिय बहाल संगठन आईयुटी को मुल नाराका साथ “अन्तर्राष्ट्रिय बसोबास तथा बहालवाला दिवस-२०२४ ” संसार भरी विभिन्न कार्यक्रम गरि मनाउदै छ । आईयुटी का सदस्य राष्ट्र भएको मुलुक नेपालले पनि बि.स २०७१ बाट विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाउदै आएकाे छ् ।

किन मनाइन्छ अन्तर्राष्ट्रिय बहाल दिवस ?
अन्तर्राष्ट्रिय बहालवाल दिवस १९८६ मा सुरु भएको थियो । जब फ्रान्सेली बहालमा लिने संगठन सिएनएल ले बहालमा लिनेहरूका लागि विशेष विश्व दिवस प्रस्ताव गरेको थियो । आईयुटी को बोर्डले २२ मई १९८६ मा अक्टोबरको पहिलो सोमबारलाई अन्तर्राष्ट्रिय बहालमा लिने दिवसको रूपमा तोक्ने निर्णय गर्यो ।

आईयुटी बोर्ड द्वारा छनोट गरिएको मिति डिसेम्बर १९८५ मा संयुक्त राष्ट्र महासभाले प्रत्येक वर्ष अक्टोबरको पहिलो सोमबारलाई विश्व बसोबास दिवसको रूपमा तोक्न संयुक्त राष्ट्र संघको प्रस्तावको पृष्ठभूमिमा बनाइएको थियो ।

आईयुटी र कार्यक्रमहरु:-
प्रत्येक अन्तर्राष्ट्रिय बहाल दिवसमा आईयुटी बोर्डले सान्दर्भिक विषयवस्तु वा विषय चयन गर्दछ। यस वर्ष, अक्टोबर ७
मा आईयुटी ले निम्न विषयलाई हाइलाइट र प्रवर्द्धन गरेर अन्तर्राष्ट्रिय बहालबाल वा बसोबास दिवस मनाउँदै छ:-

“लोकतन्त्र र आवास अधिकारको सुदृढीकरणमा बहाल संस्थाहरूको महत्त्वपूर्ण भूमिका”

बहाल संस्थाहरूको बलियो उपस्थिति बहालमा लिनेहरूका लागि मात्र होइन तर समाजमा लोकतन्त्रको प्रवर्द्धन गर्न पनि महत्त्वपूर्ण भुमिका खेल्दछ । युद्ध,प्राकृतिक प्रकोप र साधारण बसोबासको अवस्थामा बढेको असुरक्षा र अलोकतान्त्रिक राज्यहरूको उदयको समयमा बहालवालहरूको आन्दोलनको महत्त्वलाई धेरै जोड दिइएको छ । त्यसकारण, यो महत्त्वपूर्ण हुन्छ कि आईयुटी ले संघको स्वतन्त्रताको रक्षा गर्न, प्रत्येक देशमा बहालवाल संघहरूको स्थापना गर्ने र आबद्ध सस्थाहरूलाई सुदृढ पार्न कदम चाल्छ पर्ने छ । 

नेपालमा बहालवाला तथा बसोबासको अवस्था :-

गुफादेखि गगनचुम्बी महलसम्म आइपुग्दा मानव सभ्यता र समाजको परिवर्तित गतिसँग बसोबास व्यवस्था र स्थान अवस्थाको बलियो सहसम्बन्ध रहेको देखिन्छ । यसै सिलसिलामा हालै नेपालमा देखिएका बसोबास सम्बन्धी केही अवलोकनलाई ध्यानमा राखेर यहाँ त्यसका केही बुँदालाई केलाउने प्रयास गरिएको छ ।

मानव इतिहासको लामो पृष्ठभूमिमाथि विहंगम दृष्टि दिने हो भने मानव बसोबासले बस्ती र त्यस छेउछाउको क्षेत्रका आर्थिक, राजनीतिक र सांस्कृतिक क्रियाकलापमा भूमिका खेलेको प्रस्ट हुन्छ। स्थानीय भूमिको प्रयोग गर्ने मात्र होइन, व्यवस्थित र योजनाबद्ध बसोबासले भूमि प्रदत्त स्रोत, अव्यवस्थित सहरी संरचना, उद्योग,व्यापार, सहरीकरण, आधुनिकीकरण आदिको पहिचान गरेर आवश्यक परे त्यसपछि लिइनुपर्ने ठोस कदमको प्रक्रियामा समेत मद्दत गर्न सक्छन् ।

नेपालमा बसोबास वा बहाल क्षेत्रको चुनौतीहरु:-
१) उचित कानुनी व्यवस्था नहुनु।
२) स्थानीय सरकारको भुमिकामा कमि ।
३) जनचेतना नहुनु ।
४) सम्झौता बनाउनु पर्नेमा स्थानीय सरकार को भुमिका नहुनु ।
५) बहाल क्षेत्रमा भेदभावको अंत नहुनु ।
६) बहालवालालाई दोस्रो दर्जाको नागरिक सर्ह बनाइ शोषण गर्ने ।
७) उच्च बसोबास क्षेत्रलाई प्राथमिकतामा न राखनु ।
८) सस्तो र भाेट बैंकको रुपमा प्रयोग गरी अव्यवस्थित मानव बसोबास बसाउने ।

(काेइराला घरबहाल सरोकार महासंघ नेपालका सस्थापक अध्यक्ष हुन् )