काठमाडौँ,२० असाेज ।
सिंहदरबारस्थित दक्षिण गेट अगाडि प्रदर्शन गर्ने ६ जना पक्राउ परेका छन् । दक्षिण गेटअगाडि प्रदर्शन गर्ने क्रममा आइतबार दिउँसो उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका सहसंयोजक हरिकृष्ण गजुरेललगायत सुनिता बुढाथोकी, युवराज थापा, अर्जुन बोगटी, अरुण बोगटीसहित ६ जना रहेका छन् । उनीहरू बाढी पीडितहरूका लागि राहत व्यवस्था गर्न माग गर्दै सिंहदरबार गेटमा भेला भएर प्रदर्शनमा उत्रिएका थिए ।

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको बताइएको छ ।