काठमाडौँ,१८ असाेज ।
ताेकिएकाे भन्दा बढी भाडा लिएकाे आराेपमा सवारी साधनका चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौँबाट तनहुँ, लमजुङ र पोखरा जाने ६ हाइसका तीन चालक र तीन सहचालकलाई पर्काउ गरेको हो । उनीहरुले तोकिएको भन्दा दोब्बर भाडा लिएको यात्रूहरुले उजुरी गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
हाइसले पोखराको भाडा ७५० तोकिएकोमा १५ सयसम्म लिएको पाइएको छ ।





