काठमाडौं,१८ असाेज ।
हालैको बाढीपहिराेमा परी मृत्यु हुनेको संख्या २३९ पुगेको छ ।
घटनामा १९ जना अझै बेपत्ता रहेका छन भने १७७ जना घाइते भएकाे गृह मन्त्रालयले जनाएको छ ।
बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी रहेको उनले बताए ।









