ऋषिराम खनाल
नेपालीको ठुलो चाड आयो दशै बराबर
बादलुले नछेक्ने यो आयो पर्व सरासर ।
हातेमालो गरौं हामी यो दशैमा रमाउन
टुट्योभने यदी माया बाधा हुन्छ जमाउन ।
आँखाबाट बगे पानी रोकिएन कसैगरी
उर्लिएको नदीजस्तो बग्योआँसु सधैभरी ।
आमाले ताइमा रोटी आगोबाली पकाउछिन्
अगेनामा रुँदै बस्ने छोराछोरी फकाउछिन् ।
छोरो मावल जानेरे छोरीको पनि आश छ
सकिन बुझ्न आमाको किन ! मन निराश छ ।






