काठमाडौँ,१६ असाेज ।
सर्वोच्च अदालतकाे प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो ।
यसअघि आजै राउतमाथि संसदीय सुनुवाइ भएको थियो । उनले समिति समक्ष २४ बुँदे योजना पेस गरेका थिए ।
संवैधानिक परिषद्ले असोज १ गते राउतको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।