काठमाडौं,१६ असाेज ।
नेकपा माओवादी केन्द्र निकटकाे विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जारी २३ औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र आजलाई स्थगन गरिएको छ ।
काठमाडौँमा जारी सम्मेलनकाे बन्दसत्र असोज १७ गते बिहान १० बजे पुनः सञ्चालन गरिने अखिल क्रान्तिकारीको अध्यक्ष मण्डलले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
असोज १० गते उद्घाटन भएको सम्मेलन उमेर हदको विषयमा विवाद बढेपछि बन्दसत्र अगाडि बढ्न सकेको छैन ।
विवाद मिलाउन माओवादी केन्द्रले पार्टीका उपमहासचिव शक्ति बस्नेतलाई खटाएको छ ।