Share this News on Social Networking Pages

काठमाडौँ,१५ असाेज ।
मेडिकल व्यवसायी तथा राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं धराैटी बुझाएर रिहा भएका छन् ।

प्रसाईं काठमाडौँ जिल्ला अदालतले मागेको १ लाख रुपैयाँ धरौटी बुझाएर मंगलबार साँझ रिहा भएका हुन् ।

मंगलबार नै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनीसँग दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सोही आदेश अनुरुप उनी धरौटी बुझाएर साँझ रिहा भएका हुन् ।

उनि रिहा हुनसक्ने सम्भावनालाई मध्यनजर गरी ठूलो संख्यामा उनका समर्थकहरू अदालत वरपर भेला भएका थिए । प्रहरीको साइबर ब्यूरोले उनलाई असोज ६ गते भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी दुईवटा मुद्दा दायर भएको थियो ।

प्रसाईं पक्राउकाे बिराेधमा उनका समर्थकहरूले राजधानी काठमाडौमा दिनहुँ प्रदर्शन गर्दै आएका थिए ।