काठमाडौँ,१५ असाेज ।
बाढी पहिरोलगायत मनसुनजन्य विपद्बाट २१ जिल्ला बढी प्रभावित भएको छन् ।
अबिरल बर्षाका कारण काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ्ग, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला अति प्रभावित भएका जिल्लाहरु रहेको सरकारले जनाएको हो ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पत्रकार सम्मेलनमा सरकारको तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले हालसम्म २२४ जनाको मृत्यु, २४ जना बेपत्ता, १५८ जना घाइते भएको जानकारी गराए ।
त्यस्तै, ४ हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइएको उनलेे बताए ।