काठमाडौं,१५ असोज ।
मेडिकल ब्यवसायअं तथा राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
काठमाडौँका जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले दुई वटा मुद्दामा ५०/ ५० हजार धरौटीमा छाड्न आदेश लिएको साइबर ब्यूराका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।
यसअघि प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको थियो ।
गत ६ असोजमा भक्तपुरबाट पक्राउ परेका प्रसाई हिरासतमा परेपछि बिरामी भएको भन्दै अस्पतालमा थिए । अभियोगमा उनीमाथि अधिकतम अर्थात ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग दाबी गरिएको थियो ।
प्रसाईं पक्राउ परेसँगै उनका समर्थकहरूले रिहाइको माग गर्दै दिनहुँ प्रदर्शन गर्दै आएका थिए ।