एजेन्सी,१५ असाेज ।
बलिउड अभिनेता गोविन्दाको गोली लागेर घाइते भएका छन् । मंगलबार आफैँले बोकेको पेस्तोल पड्किएर खुट्टामा लाग्दा उनी घाइते भएका हुन् । घरमा पेस्तोल सफा गरिरहेको अवस्थामा एक्कासि गोली चलेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
गोविन्दाका प्रबन्धकले उक्त पेस्तोल लाइसेन्स प्राप्त भएको बताएका छन् । पेस्तोललाई थन्क्याउन लाग्दा जमिनमा खसेर गोली चलेको उनको भनाइ छ । त्यस लगत्तै उनलाई अस्पताल लगिएको र डाक्टरहरूले उनको खुट्टाबाट गोली निकालेको बताइएको छ। अहिले उनी स्वस्थ रहे पनि अझै केही दिन अस्पतालमै रहने छन् ।