Share this News on Social Networking Pages

काठमाडौं,१४ असाेज ।
बिहीबारदेखि परेको वर्षाका कारण देशका बिभिन्न ठाउँमा आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या २०० पुगेको छ ।

नेपाल प्रहरीकाे सोमबार साढे ३ बजेसम्मको अपडेट अनुसार २०० जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, २६ जना अझै बेपत्ता छन् भने बाढीपहिरोबाट उद्धार गरिएका १२७ जना घाइते भएका छन् ।

अहिलेसम्म काभ्रे, ललितपुर र सिन्धुली लगायतका जिल्लाबाट हेलिकप्टरमा २९४ भन्दा बढीको उद्धार गरिएको छ भने अहिलेसम्म कुल ४ हजार २२२ जनाको उद्धार गरिएको छ ।