Share this News on Social Networking Pages

काठमाडौं,११ असाेज ।
हाल देशभरकाे माैसम साधारणतया देखि पूर्णतया बदली भइ कोशी प्रदेशका केही स्थान र बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो पनि देशभरकाे माैसम साधारणतया बदली देखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ ।

त्यस्तै आज राती देखि देशभरकाे माैसम साधारणतया देखि पूर्णतया बदली रही बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज र भोलि शनिबार मुलुकभर वर्षा हुनेछ । सुदूरपश्चिम बाहेक मुलुकको सबैजसो ठाउँहरूमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ । बाढी, पहिरो र डुबानको जोखिम धेरै हुनाले नदी तटीय क्षेत्र तथा पहिरोको जोखिम रहेको क्षेत्रमा विशेष ध्यान पुर्‍याउन महाशाखाले आग्रहसमेत गरेको छ ।

आइतबार बिहानदेखि मौसम पूर्णरुपमा खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ ।