Share this News on Social Networking Pages

काठमाडौं,१० असाेज ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।

आज बिहीबारदेखि आइतबारसम्म चार दिन देशका धेरैजसो ठाउँमा भारी वर्षाको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारी वर्षाको कारण आउन सक्ने बाढी पहिरोकाे उच्च जोखिम रहेकाेले देशका हिमाली र पहाडी जिल्लाहरुमा भोलि र पर्सि (११ र १२ गते) रात्रिकालीन बस नचलाउने निर्णय गरेको निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले जनाएको छ ।

साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्क्याउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ ।