बुटवल,१० असोज ।
बुटवल स्थित साझा हस्पिटल प्रा.लि. र नेपाल इन्जिनियरिङ एशोसिएसन लुम्बिनी प्रदेशबीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता भएको छ ।

एशोसिएसन लुम्बिनी प्रदेशका सदस्य तथा उनका परिवारका सदस्यहरुलाई स्वास्थ्य सेवामा विशेष सुविधा उपलब्ध गराउने सम्बन्धि सम्झौता गरिएको अस्पतालले जनाएको छ ।

साझा अस्पतालका अध्यक्ष गोविन्द खनाल र नेपाल इन्जिनियरिङ एशोसियसन लुम्बिनी प्रदेशका सभापति ई. महेश्वर लम्सालले अस्पतालले दिने उपचार तथा सहुलियतका विषयमा हस्ताक्षर गरेका हुन् ।

स्वास्थ्य सेवा सम्झौतापछि आगामी २ वर्षसम्म अस्पतालमा उपचार सेवा लिन आउने एशोसियसनका पदाधिकारी तथा सदस्यहरुलाई स्वास्थ्य उपचार सेवा, औषधी तथा सर्जिकलमा १० प्रतिशत छुट दिने भएको हो । त्यस्तैगरी अस्पतालमा उपचार हुने अप्रेशन, बेड, ल्याब टेष्ट,ईसिजी, युएसजीलगायतका स्वास्थ्य सेवाहरुमा २० प्रतिशत सम्मको छुट
सुविधा प्रदान गरिएको ई. सागर भुसालले बताए ।  

अस्पतालले विभिन्न समयमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा विशेषज्ञ डाक्टरसहित स्वास्थ्य शिविर गर्दै आईरहेको छ । स्वास्थ्यलाई विशेष ध्यान दिदै लुम्बिनी प्रदेशका ईन्जिनियर्स एशोसियसनका सदस्यहरुलाई पनि यो सेवा तथा सहुलियत उपलब्ध गराईएको हो । यो सम्झौता पछि आफ्ना संस्थाका सदस्यहरुलाई स्वास्थ्य उपचारका लागि सहुलियत रकममा गुणस्तरीय सेवा प्रदान गरी सदस्यलाई सहजता प्राप्त हुने एशोसियसनका लुम्बिनी प्रदेश अध्यक्ष लम्सालले बताए ।