Share this News on Social Networking Pages

धादिङ,९ असाेज ।
नागरिकता किर्तेमा सघाएको आराेपमा जिल्ला प्रशासन कर्याालय धादिङका नासु पक्राउ परेका छन् ।

झुटाे बिवरण पेस गरी तिब्बती नागरिकले नेपाली नागरिकता लिएको मुद्दाको अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय धादिङका नासुलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको छ ।

उपत्याका अपराध अनुसन्धान कार्यालयको अनुसन्धान र जिल्ला प्रहरी कार्यालयको मुद्दाको अनुसन्धान भईरहेकोले नागरिकता दिँदा किर्ते गर्न सघाएको आरोपमा नासु कृष्णबहादुर थपलियालाई प्रहरीले पक्राउ गरेको हो ।

कार्यालय समयमै नासु थपलिया पक्राउ परेपछि जिल्ला प्रशासनमा कर्मचारी र कार्यालय प्रमुखको बैठक भएको थियो ।