काठमाडौं,९ असाेज ।
एएफसी यू-२० एशियन कप छनौटमा आज नेपाल उज्वेकिस्तानसँग भिड्दैछ ।
खेल नेपाली समय अनुसार १२: ४५ बजेदेखि न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा सुरु हुनेछ । समूह बीमा रहेको नेपाल दुई खेलबाट तीन अंक जोड्दै चौथो स्थानमा छ ।
अघिल्लो खेलमा कम्बोडियालाई ७-० को फराकिलो अन्तरले हराएको उज्वेकिस्तान तीन अंकसहित शीर्ष स्थानमा छ ।
उज्वेकिस्तान समूहकै बलियो टोली हो । नेपालले पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३-१ गोलको जित हात पारेको थियो ।