Share this News on Social Networking Pages

काठमाडौँ,८ असाेज ।
साइबर अपराध मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले प्रहरी हिरासतमै अनसन थालेका छन् ।

प्रसाईंले सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमै अनसन थालेका हुन् ।

आफू क्यान्सरको बिरामी भएको तर प्रहरीले अस्पतालमा नराखी जबरजस्ती हिरासतमा राखेकाले प्रसाईंले हिरासतमै अनसन सुरु गरेको उनका कानुन व्यवयासी वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए । प्रसाईं गम्भीर खालको बिरामी भएकाले स्वास्थ्यमा तलमाथि हुने अवस्था रहेपनि प्रहरी गम्भीर नबनेको उनलेे बताए ।

वीर अस्पतालले डिस्चार्ज गरिदिएछि प्रसाईंलाई प्रहरीले बयानका लागि मंगलबार सरकारी वकिल कार्यालयमा लगेको थियो । त्यहाँ २ घण्टा बयान भएपछि उनले पुनः अस्पताल लैजान आग्रह गरेपनि अस्पतालले डिस्चार्ज गरिसकेकाले हिरासतमै बस्नुपर्ने भन्दै प्रहरीले सिंहदरबार वृत्तमा लगेको थियो । अस्पतालमा नलगि हिरासतमा राखिएको भन्दै प्रसाईँले विरोध गरेका हुन् ।

प्रसाईंलाई साइबर अपराधको आरोपमा प्रहरीले आइतबार पक्राउ गरेको थियो । उनले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट समेत हालेका छन् । उक्त रिटमा मंगलबार अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।