Share this News on Social Networking Pages

काठमाडौं,८ असाेज ।
आईसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गत आज
नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुँदै छ ।

नेपालले यस अघि खेलेका यस सिरिजका तिनै खेलमा हार बेहोरेको छ । नेपालले क्यानडासँगका दुवै खेलमा हार बेहोरेको छ भने ओमानविरुद्धको पहिलो खेलमा हार बेहोरेको छ ।

नेपाल र ओमानबीच अहिलेसम्म कुल ८ एकदिवसीय खेल भएका छन्। जसमा ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ। नेपालले लिग-२ मा अहिलेसम्म ७ खेल खेलेको छ ।

जसमा एक जित हासिल गरेको छ भने ६ खेल हार बेहोरेको छ। त्यस्तै ओमानले अहिलेसम्म खेलेका ६ खेलमा २ जित, ३ हार र एक खेल नतिजा विहीन हुँदा अङ्क बाँडेको छ ।