बुटवल,६ असाेज ।
लुम्बिनी साहित्य सङ्गमको परिचयात्मक बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष भावना खनालको अध्यक्षता र संस्थाका सल्लाहकार डा.घनश्याम परिश्रमीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि एवम् सल्लाहकार प्राध्यापक लक्षिमा ज्ञवाली, विशिष्ट अतिथि प्राध्यापक राजनप्रसाद पन्त, डा. शंकर गैरे, डा. टंक पन्थ, सदस्य कमानसिंह विष्ट, विमला खानाल लगायतले सन्देश मूलक सल्लाह सुझाव सहित सन्देश मूलक रचना वाचन गरेका थिए ।
संस्थाका महासचिव तेजप्रसाद खनालकाे सञ्चालनमा भएको कार्यक्रममा महासचिव खनालले चारू वाचन समेत गरेका थिए ।
बैठकमा अध्यक्ष भावना खनालले प्रस्तुत गरेको ११ बुँदे महत्त्वपूर्ण प्रस्तावहरु पारित गरेको काेषाध्यक्ष रमा पन्तले जानकारी दिइन् ।