Share this News on Social Networking Pages

काठमाडौं,५ असाेज ।
भुटानमा जारी साफ यू- १७ च्याम्पियनसिप फुटबलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा शनिबार सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको हो । पाकिस्तानको जितको लागि ८२औं मोहम्मद थलहले गोल गरे ।

दोस्रो खेलमा नेपालले आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ भने मंगलबार घरेलु टोली भुटानको सामाना गर्नेछ । शुक्रबार शुरु भएको प्रतियोगितामा साविक विजेता भारतले विजयी सुरुआत गरेको थियाे ।