Share this News on Social Networking Pages

बुटवल,४ असोज । 
भनभने–गुल्मी सम्पर्क समाज रुपन्देहीले बिगतको बर्ष जस्तै यस बर्ष पनि संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी, रक्त सन्चार केन्द्र बुटवलकाे प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६५ युनिट रगत संकलन भएको संयोजक मिलन पन्थीले जानकारी दिए ।

गुल्मीको भनभनेबाट रुपन्देहीमा आएर बिभिन्न पेशा ब्यवसायमा आबद्ध ब्यक्तिहरुलाई गोलबद्ध गरी सामाजिक कार्यमा अग्रसर गराउने उदेश्यका साथ स्थापना भएको संस्थाले यस्ता खालको कार्यक्रम गर्दै आएको समाजका अध्यक्ष बिष्णु घिमिरेले बताए ।

स्थापना कालदेखि बिभिन्न सामाजिक काममा सक्रिय समाजले बिगतमा धार्मिक, ऐतिहासिक, भौगोलिक बिशेषता हरुलाइ समेटेर भनभनेको महिमा पुस्तक समेत प्रकाशन गरेको र बिभिन्न सेवामुलक कार्यक्रम गर्ने गरेको उपाध्यक्ष प्रकास पन्थीले बताए ।

बिष्णु घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन महासचिव पदम जिसिले गरेका थिए ।