Share this News on Social Networking Pages

काठमाडौँ,३ असाेज ।
संविधानको विराेधमा काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शन गरेको आरोपमा ७ जना पक्राउ परेका छन् ।

उनीहरूलाई संसद् भवनको ३ नम्बर गेट नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । सरकारले आज विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइरहेको छ । विभिन्न समूहले संविधानको विरुद्धमा प्रदर्शनका कार्यक्रम पनि गरिरहेका छन् ।

बिहीबार साँझ नागरिक स्तरबाट दरबारमार्गमा नेशनल डे कन्सर्ट आयोजना गरिएको छ ।