काठमाडौँ,२ असाेज ।
गृह मन्त्रालयले ३६ जना उपसचिवहरूको पदस्थापन र सरुवा गरेको छ । बुधबार मन्त्रालयले ३६ जना उपसचिवको पदस्थापन तथा सरुवा गर्दा १२ जना प्रमुख जिल्ला अधिकारी फेरिएका छन् भने केही सहायक प्रमुख जिल्ला अधिकारीहरू पनि परिवर्तन भएका छन् ।
जसअनुसार रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मात्रिका आचार्य र मुगुमा कमल प्रसाद पाण्डेलाई प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको छ ।
त्यस्तै, रुकुम पूर्वमा रुद्रप्रसाद न्यौपाने, दैलेखमा नवराज जैसी, हुम्लामा नारायण पाण्डेय, मुस्ताङमा विष्णुप्रसाद भुसाल, रसुवामा अर्जुन पौडेल, जुम्लामा रामबहादुर शाही प्रमुख जिल्ला अधिकारी बनेका छन् ।
काे कहाँ ? हेर्नुस् सुची