नवलपरासी,२ असाेज ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल नवलपरासीको एकता सम्मेलनले रवि पाण्डेयको नेतृत्वमा २१ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको छ ।
एकता सम्मेलनले पाण्डेयलाई जिल्ला सेक्रेटरीमा निर्वाचित गरेको केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले जानकारी दिए ।
कार्यक्रम उद्घाटन सत्रमा पार्टीका केन्द्रीय कार्यालय सदस्यद्वय कृष्णराज पौडेल, हरिभक्त कण्डेल र केन्द्रीय सदस्य थापालगायतले पार्टीको आगामी कार्यक्रम र रणनीति बारे जानकारी गराएका थिए ।
सम्मेलनमा पार्टीका सचिवालय सदस्यद्वय श्याम बहादुर बोहोरा, निरज केसी, केन्द्रीय सदस्य दलसिं खत्रीको समेत आतिथ्यता रहेको थियो ।
पार्टीको बिधान अनुसार १५ सदस्स निर्वाचनबाट र ६ जना निर्वाचित जिल्ला समितिले मनोनित गर्ने प्रावधान रहेकोे छ भने बाँकी ७ जना बैकल्पिक जिल्ला समिति सदस्य सहित २८ सदस्सीय जिल्ला समिति हुने सो पार्टीले जनाएको छ ।
त्यस्तै निर्वाचित पुर्ण सदस्यको एक तिहाई ७ जनाको सचिवालय र ७ जनाको सल्लाहकार समिति समेत समितिको बैठकबाट निर्णय गर्ने संयोजक पाण्डेले बताए । सम्मेलन समसामायिक प्रस्ताव पारित गर्दै ३ गते समापन हुने संयोजक पाण्डेले बताए ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, क्रान्तिकारी माओवादी, नेकपा (बहुमत) र नेकपा (मशाल) बीच एकता भएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनेको हो ।