Share this News on Social Networking Pages

कपिलवस्तु,१ असाेज ।
नेपाल अर्वुद रोग निवारण संस्था कपिलवस्तु शाखाकाे ४२ औ स्थापना दिवस को अवसरमा सरसफाइ तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

स्थापना दिवसको अवसरमा ताैलिहवा स्थित राथाकृष्ण मन्दिर परिसरमा सरसफाइ गर्नुका साथै दिप प्रज्वलन गरिएको संस्थाका अध्यक्ष राजेश ज्ञवालीले जानकारी दिए ।

अध्यक्ष ज्ञवालीकाे सभापतित्वमा सम्पन्न कार्यक्रम संस्थाका सचिब इन्दिरा देबकोटाकाे सञ्चालनमा भएको थियो ।

कार्यक्रममा समाजसेवी रबिन्द्र नाथ ठाकुर ,अजय कुमार श्रीवास्तव, खिमानन्द पाठक, अशोक गुप्ता र शुशिला बराल लागायतको सहभागीता रहेको संस्थाले जनाएको छ ।