बुटवल,१ असाेज ।
बुटवलकाे मेडिटेक अस्पतालकाे मेडिकल डाईरेक्टरमा डा. सतिस रुपाखेती नियुक्त भएका छन् ।
२२ भदाैमा बसेकाे अस्पताल सञ्चालक समितिकाे बैठकले १ असाेजदेखि लागू हुनेगरी अस्पतालकाे मेडिकल डाईरेक्टरमा स्त्रीराेग विशेषज्ञ डा. रुपाखेतीलाई नियुक्त गर्ने निर्णय गरेकाे अस्पतालले जनाएको छ ।
साेही अनुसार अस्पतालकाे मेडिकल डाईरेक्टरमा नियुक्त डा. रुपाखेतीले मंगलबार पदभार ग्रहण गरेका छन् । उनले अस्पतालले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे ।
उनले अस्पतालले प्रदान गर्ने सेवालाई चुस्तदुरुस्त बनाउने र विरामीकाे उपचार सेवालाई अझ विश्वसनीय बनाउने पनि बताए ।








