Share this News on Social Networking Pages

काठमाडौं,३१ भदौ ।
नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । आइतबार बसेको निगमको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

घटेको मूल्य गयराति १ बजेदेखि लागु भएको निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ रुपैयाँ पर्ने भएको छ । निगमका अनुसार खाना पकाउने एलपिजी ग्यासको मूल्य भने यथावत राखिएको छ ।