चितवन,३० भदौ ।
मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेर दुर्घटना भएको छ ।
सिमाराबाट खाने तेल बोकेर काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो । ना ६ ख ६२८३ नम्बरको ट्रक आइतबार बिहान त्रिशूलीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो । ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगिसकेको प्रहरीले जनाएको छ ।