काठमाडौं,२८ भदौ ।
इन्जिनियर र आर्किटेक्टहरूको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसनको ३४औं कार्यकारिणी समिति तथा तेस्रो प्रादेशिक समिति चयनका लागि मतदान जारी रहेको छ ।
शुक्रबार बिहान ८ बजेदेखि साँझ पाँच बजेसम्म हुने मतदानका लागि सातै प्रदेशमा मतदान केन्द्र तोकिएको छ । आज हुने निर्वाचनबाट केन्द्रमा १८ जना र प्रदेशमा १६ जना केन्द्रीय समिति सदस्यसहित सदस्य र सातवटै प्रदेशका ११२ जना गरी १३० पदाधिकारी एवं सदस्य चुनिनेछन् ।
केन्द्रको मतदान आर्मी अफिसर्स क्लब भद्रकालीमा जारी छ । एशोसिएसनको अध्यक्ष पदका लागि रामेश्वरप्रसाद कलवार, राजेन्द्रप्रसाद हाडा, विष्णप्रसाद पाण्डे, विष्णु श्रेष्ठ, नन्दलाल बन्जाडे, सुवासचन्द्र बरालले उम्मेदवारी दिएका छन् ।
उनीहरूले प्यानलसहित चुनावी मैदानमा छन्। एशोसिएसनको कार्यकारिणी समितिको पदाधिकारीमा ४० र सदस्यका लागि ७३ जनाले उम्मेदवारी दिएका छन् ।





