काठमाडौं,२७ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।
बिहीबार पोखरास्थित श्रेष्ठको क्लिनिकबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनले सञ्चालन गरेको दिया फार्मेसीबाट लागुऔषध बिक्री भएको प्रहरीले जनाएको छ ।
गत ३ साउनमा लागुऔषधसहित पक्राउ परेका प्रकाश थापा मगरमाथि अनुसन्धान गर्ने क्रममा श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।






