काठमाडौ,२६ भदौ ।
नलाइनबाट कम्पनी दर्ता गर्ने सेवा बन्द भएको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयले अनलाइन दर्ता प्रणालीको सफ्टवेयरको विषयमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको कारण देखाएर सेवा बन्द गरेको हो ।

कार्यालयले एक सुचना जारी गरी तत्कालका लागि नलाइनबाट कम्पनी दर्ता गर्ने सेवा बन्द भएको जनाएको हो ।

कम्पनी दर्तालाई अनलाइन प्रक्रियामा लैजाने गरी नयाँ सफ्टवेयर कार्यान्यनमा ल्याउन लागेको थियो । तर, यसकाविरुद्ध अदालतमा मुद्दा परेको थियो ।

अब यो सेवा फेरि कहिले खुल्छ भन्ने स्पष्ट छैन । अदालतले सोमबार १९ असार, १७ साउन, ९ भदौ र १६ भदौमा कार्यालयले गरेका निर्णयअनुसारका सबै काम कारबाहीमाथि रोक लगाएको थियो ।

अदालतले ती निर्णय र सूचनाहरू कार्यान्वयन नगर्न/नगराउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि अनलाइन सेवाका सबै काम ठप्प भएको हो ।

सूचना हेर्नुहोस् :