काठमाडौं,२६ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले अमेरिकी दूतावासलाई लेखिएको भनिएको पत्रबारे संसदमा स्पष्टीकरण दिन पाउनुपर्ने माग गरेको छ ।

सिंहदरबारमा बसेको रास्वपाकाे सचिवालय बैठकले उपसभामुख राना मगरले संसद् सचिवालयको लेटरप्याड दुरुपयोग गरेर पत्र लेखेको हो वा होइन भन्ने कुराको जवाफ प्रतिनिधिसभाको बैठकमा दिन पाउनुपर्ने निर्णय गरेको पार्टीका कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।

आजै बस्ने प्रतिनिधि सभाको बैठकमा उपसभामुख रानामगरले जवाफ दिन पाउनुपर्ने पार्टीले माग राख्ने पनि झाले बताए ।

झाले १८ महिनासम्म यो विषय लुकाएर राखिएकाे र दलहरूले स्वार्थ साँधेर उपसभामुख राना मगरलाई हटाउने योजना बनाएको रास्वपाकाे दाबी छ ।