महासंघकै पदाधिकारीहरूकाे भुमिकाप्रति असन्तुष्टि
काठमाण्डाै,२४ भदौ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएका छन् । पोख्रेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा पत्र बुझाएको महासंघले जनाएको छ ।

दुई पटकसम्म मिति तोकिए पनि महासंघकाे चुनाव हुन सकेको छैन । तेस्रो पटक आउँदो असोज ५ गतेको मिति तोकिएको छ । पुनः कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायतका कारण चुनाव गर्न नसकेको पोख्रेलले प्रष्ट पारेका छन् । सदस्यताको सूचीप्रति एकपक्षले देखाएको व्यवहारप्रति खिन्न भएको पोख्रेलले जनाएका छन् ।