काठमाडौं,२२ भदौ ।
फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले जित निकालेको छ । आज बिहान भएको खेलमा इक्वेडरलाई १–० गोलले हराउँदै ब्र्राजिलले जित निकालेको हो ।

बाजिलका लागि रोड्रिगो सिल्भाले गोल गरेका हुन् । खेलको ३० औँ मिनेटमा उनलेे गरेको गोल नै ब्राजिलको जितका लागि निर्णायक बन्यो ।

यो जितसँगै ब्राजिल सात खेलबाट १० अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ ।

१० टोली सहभागी छनोटमा अर्जेन्टिना (१८), उरुग्वे (१०) र कोलम्बिया (१३) क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।