नवलपरासी,२२ भदौ ।
बसको ठक्करबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व) काे गैडाकाेटमा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी सात वर्षीय बालक र उनकी मामाघरकी हजुरआमाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले शुक्रबार राती सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गैँडाकोट–११ का सात वर्षीय विशाल श्रेष्ठको घटनास्थलमा मृत्यु भएको थियो । बालककी हजुरआमा स्याङ्जाकी ५५ वर्षीय श्रीमाया मानन्धर गम्भीर घाइते भएकी थिइन् ।

घाइते श्रीमायाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

ठक्कर दिने सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएको प्रहरी जनाइएको छ ।