बुटवल,१५ भदाै ।
दुविचौर संपर्क समाजको आयोजनामा शनिबार बुटवलमा तीज मिल्न कार्यक्रम सम्पन्न भएको छ ।
गुल्मीकाे दुविचौर बाट बुटवलमा आई अस्थायी र स्थायी बसोवास गर्ने दिदीबहिनी हरुलाई आमन्त्रण गरी तीजको दर खुवाउने साथै संस्थाका कार्यसमितिका सदस्यलाई सम्मान समेत गरिएको हो ।
कार्यक्रममा बोल्दै बस्नेतले दुविचौर गुल्मीबाट रोजगारीको लागि र स्थाई बसोबास गरी रूपन्देही आएका बासिन्दाहरुलाई एक ठाउँमा भेट हुने अवसर जुराइदिएकोमा संपर्क समाजप्रति आभार प्रकट गर्दै गाउँलाई पनि नबिर्सन आग्रह गरेका थिए ।
पछिल्लो समय गाउँ खाली हुँदै गएको भन्दै उनिहरूले जन्मस्थान फर्कन समेत आब्हान गरे ।
समाजका अध्यक्ष क्याप्टेन हुम बहादुर खत्रीको अध्यक्षता र रेसुङ्गा नगरपालिका वडा नं १३ का वडा अध्यक्ष हम बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सचिव राजु थापाकाे सञ्चालनमा सम्पन्न भएको बताइएको छ ।






