नवलपरासी,१४ भदौ ।
पूर्वी नवलपरासी (नवलपुर) को विनयी त्रिवेणी नगरपालिका–७ स्थित रानी नगरमा सेफ्टी ट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र पश्चिम नवलपरासीको बर्दघाट घर भएका २८ वर्षीय मोहम्मद राजा रहेका छन् ।
पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार सेफ्टी ट्यांकीमा निसास्सिएका उनिहरूलाई उद्धार गरी अस्पताल लगिएकाेमा उपचारको क्रममा मृत्यु भएको हो ।
विनयी त्रिवेणी गाउँपालिका घर भएका प्रकाशसिंह क्षेत्रीको शव जिल्ला अस्पताल नवलपरासी पश्चिममा राखिएको छ । अन्य दुई जनाको शव भैरहवास्थित भीम अस्पतालमा रहेको प्रजिअ पोखरेलले जानकारी दिए ।
स्थानीय भोलासिंह क्षेत्रीको ट्वाइलेटको सेफ्टी ट्यांकीभित्र काम गर्ने क्रममा उनीहरू अचानक बेहोस भएकाे प्रहरीले जनाएको छ ।






