काठमाडौं,११ भदौ ।
नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध चयन भएका छन् ।
मंगलबार सोही पदमा उमेदवारी दिएका घनेन्द्र बस्नेतले उमेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत निर्वाचित भएका हुन् ।
एकीकृत समाजवादीमा सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिवका लागि आज निर्वाचन हुँदैछ । उमेदवारी फिर्ताको समय दिउँसो साढे एक बजेसम्म थपिएको थियो ।





