ललितपुर,९ भदौ ।
आज नेपाल र भारतका ३० बक्सरहरूबीच सीजी जी स्पोर्ट्स् फाइट नाइट हुने भएको छ ।
सीजीजी स्पोर्टस् हबको पहिलो प्रतियोगिताको रूपमा आइतबार इखादोल नागार्जुनमा ‘फाइट नाइट’ हुन लागेको हो ।
प्रतिगोतिमा २ देशका ३० खेलाडीले सहभागिता जनाउनेछन्। नेपालबाट सीजीजी, एच तु ओ, फाइट प्रमोशन, थानकोट बक्सिङ क्लब, बोक्समान्दु, बोशिगाउँ स्पोर्टस् क्लब, स्वीट साइन्स क्लबका बक्सरहरुले सहभागिता जनाउनेछन् । त्यस्तै भारतका दुई बक्सिङ क्लबहरू एस एम बक्सिङ एकेडेमी, गोल्डेन बक्सिङ एकेडेमीले सहभागिता जनाउनेछन् ।
३० बाउट हुने प्रतियोगितामा विजेताहरुले पदक र आकर्षक उपहार प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिता साँझ ४ बजे सी जीजी स्पोर्ट्स हबको परिसरमा हुनेछ ।
प्रतियोगिताको विशेष सहयोगीको रुपमा नेपाल बक्सिङ माहासंघ रहेको छ ।





