पाल्पा,८ भदौ ।
पाल्पा जेसिजद्वारा आयाेजित किशोरीहरुका लागि यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धि सचेतना कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।

पाल्पाको तानसेन स्थित मोहनकन्या माध्यमिक विधालयको कक्षा ९ र १० का किशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ पाल्पा जेसिजका अध्यक्ष अर्जुन कार्कीले जानकारी दिए ।

तानसेन नगरपालिकाको समन्वय तथा पाल्पा जेसिजको आयोजनामा यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि शिक्षा दिइएको अध्यक्ष कार्कीले बताए ।

मोहन कन्या मा वि का अध्यक्ष विधान श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उमेर अनुसारको वृहत यौनिकता शिक्षा, महिनावारीका बेलाको स्वच्छता व्यवस्थापन लगायत यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि जानकारी गराइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले किशोर किशोरहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धि सचेतना कार्यक्रमले समाजमा यौन तथा प्रजनन् स्वास्थ्य समवन्धि समस्या न्यूनिकरण हुने विश्वास ब्यक्त गरे ।

यस्ता तालिमले विशेषगरि वाल विवाह, महिला हिंसा न्युनिकरण गर्न सहयोग पुग्ने उनलेे बताए ।

साे अवसरमा विधालयका प्रधानाध्यापक दिपक ज्ञवाली,कार्यक्रम संयोजक जेसी कला दाहाल,महासचिव जेसी विजय कार्की, प्रशिक्षक निर्मला रेगामी र कुन्ती बराल,आस्था पाठक, एजिना खनाल लगायतले कार्यक्रमकाे उदेश्य र महत्त्व बारे आ आफ्नो भनाइ राखेका थिए ।

समाजमा चल्दै आएको कुरिति र कु प्रथाको अन्त्य गर्दै सभ्य समाज निर्माण गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको
महासचिव जेसी विजय काकीले बताए ।

विधालयका कक्षा ९र १० का ७० जना किशोरीहरुको सहभागिता रहेको कार्यक्रममा निर्मला रेगामी, कुन्ती बराल,आस्था पाठक, एजिना खनालले सहजिकरण गरेका थिए ।

अहिलेको युग प्रविधिको युग भएको भन्दै उनिहरूले किशोर किशोरीहरूले प्रजनन स्वास्थ्य लगायतमा प्रविधिको सहि सदुपयोग गरी लाभ लिनुपर्नेमा जाेड दिए ।